• Trending:

सिन्धुलीको कुप्रीडाँडामा बल्यो बिजुली – Naya Page 2022

सिन्धुलीको कुप्रीडाँडामा बल्यो बिजुली – Naya Page 2022

Economist Nepal

Sat, Bhadra 25 2079

सिन्धुलीको कुप्रीडाँडामा बल्यो बिजुली – Naya Page 2022


२५ भाद्र २०७९, शनिबार

bijuli

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ ।

कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर-घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन् ।

चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं १३ को विद्युत् विस्तार थालिएको हो । भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत् विस्तार गर्न नसकिएको खड्काले बताए । नेपाल विद्युत् प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो विद्युत् विस्तार थालेको छ । बाँकी रहेका अरुनडाँडा, पोखरी, च्यामालगायत क्षेत्रमा पनि विद्युत् विस्तारको पहल भइरहेको उनले बताए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.