• Trending:

बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौ : ऊर्जामन्त्री भुसाल

बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौ : ऊर्जामन्त्री भुसाल

Economist Nepal

Sat, Bhadra 25 2079

बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौ : ऊर्जामन्त्री भुसाल


२५ भाद्र २०७९, शनिबार

pamfa bhusal 1 scaled

काठमाडौं । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ’, मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।’ ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क जस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।

फरक प्रसङ्गमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताइन् । शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख उनले भनिन्, ‘गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुङ्गिन्छ ।’

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.