• Trending:

राष्ट्रियसभाको बैठक बस्दै : बिमा विधेयकबारे छलफल हुने

राष्ट्रियसभाको बैठक बस्दै : बिमा विधेयकबारे छलफल हुने

Economist Nepal

Sun, Bhadra 26 2079

राष्ट्रियसभाको बैठक बस्दै : बिमा विधेयकबारे छलफल हुने


२६ भाद्र २०७९, आईतवार

Parliment house samsad bhawans

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दै छ । बैठक दिउँसो १२ः५९ बजे बस्न लागेको हो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन, व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित कारागार विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.