• Trending:

कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन

कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन

Economist Nepal

Sun, Bhadra 26 2079

कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन


२६ भाद्र २०७९, आईतवार

prabhuram

काठमाडौं । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन् ।

प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकलदर्जालाई सम्बोधन गरेका हुन् । सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गरेका थिए ।

उनले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाका बारेमा सकल दर्जालाई जानकारी गराएका थिए । प्रधानसेनापति शर्माले सम्बोधनका दौरान नेपाली सेनाको कफि टेबल बुक र लिडर्स रिडिङ कलेक्सनको विमोचन गरेका थिए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.