• Trending:

गण्डकीको मुख्यमन्त्री कार्यालयबाट पाँच कर्मचारी पक्राउ

गण्डकीको मुख्यमन्त्री कार्यालयबाट पाँच कर्मचारी पक्राउ

Economist Nepal

Sun, Bhadra 26 2079

गण्डकीको मुख्यमन्त्री कार्यालयबाट पाँच कर्मचारी पक्राउ


२६ भाद्र २०७९, आईतवार

Gandaki pradesh Cabinate

पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका पाँच कर्मचारी प्रक्राउ परेका छन् ।

प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको भन्दै गण्डकीका स्थानीय तहका निजामती कर्मचारीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हाताभित्रै आइतबार विरोधमा उत्रिएका थिए ।

ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि मुख्यमन्त्री कार्यालयबाटै पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिनालगायत पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.