• Trending:

एमालेका नेता गोकुल बास्कोटाको प्रश्न : गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

एमालेका नेता गोकुल बास्कोटाको प्रश्न : गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

Economist Nepal

Sun, Bhadra 26 2079

एमालेका नेता गोकुल बास्कोटाको प्रश्न : गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

Gokul Baskota

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।

गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।

‘गठबन्धनको प्रमको उम्मेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

city

गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उनले बताएका छन् । ‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.