• Trending:

नेपाल वायूसेवाको उडान अब दोहा विमानस्थलबाट पनि

नेपाल वायूसेवाको उडान अब दोहा विमानस्थलबाट पनि

Economist Nepal

Sun, Bhadra 26 2079

नेपाल वायूसेवाको उडान अब दोहा विमानस्थलबाट पनि


२६ भाद्र २०७९, आईतवार

Nepal Airlines plane

दोहा । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दोहा-काठमाडौं-दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो ।

१५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने भएको हो । यो कतारको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल हो । कतार विश्वकपको संघारमा छ । विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थलाई समेत प्रयोगमा ल्याएको हो ।

नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरु पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ । यस्तै, विश्वकप अवधिभर कतारले नेपाललगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.