• Trending:

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँटमा जुटाउने प्रयास

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँटमा जुटाउने प्रयास

Economist Nepal

Mon, Bhadra 27 2079

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँटमा जुटाउने प्रयास


Gathbandhan Top five leader of nepal

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज (सोमबार) पनि बस्ने भएको छ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बैठक बस्न लागेको हो ।

बैठक अहिले बिहान ८ आजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने छ । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ । सोही सिलसिलामा हिजो आइतबार बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो ।

आज बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताए ।

city

‘आज लामो छलफल भयो । तर, सिट बाँडफाँटको विषयमा सहमति जुटेन’, आइतबारको बैठकपछि खनालले भने, ‘सोमबार बालुबाटारमा ८ बजे शीर्ष नेताहरूको बैठक बस्ने छ । आवश्यकताअनुसार कार्यदलका साथीहरूलाई पनि बोलाइनेछ । हामी सहमतिमा पुग्छौं ।’

सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ । सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.