• Trending:

देशको समृद्धिका लागि मिलेर अघि बढौँः डा. महतो

देशको समृद्धिका लागि मिलेर अघि बढौँः डा. महतो

Economist Nepal

Mon, Bhadra 27 2079

देशको समृद्धिका लागि मिलेर अघि बढौँः डा. महतो


Upendra Mahato richest person nepal russia 20190116141217

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीद्वारा आइतवार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको मात्र कुनै अर्थ नहुने बताए । उनले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सीप, परम्परा, संस्कार र अनुभवलाई ठूलो महत्व दिन थालेको बताए ।

डा. महतोले विदेशमा संघर्ष गरेर केही हदसम्म नेपालीहरु स्थापित हुन सकेकोका खुशी व्यक्त गर्दै विदेशमा सिकेको ज्ञान सिप अनुभव देशमा लगाउन आग्रह गरे । उनले नेपाललाई आर्थिक समृद्धि मात्र होइन बौद्धिक, धार्मिक, संस्कृति रुपमा पनि समृद्धि बनाउन लाग्नु पर्नेमा जोड दिए । डा. महतोले देशको समृद्धिको लागि काम गर्न चुनौतीपूणर् भए पनि यसलाई अवसरको रुपमा लिनु पर्ने बताए ।

city

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अभियानको स्थापनानै देशमा ज्ञान, सिप र अनुभवलाई देशमा भित्र्याउने उद्देश्यले भएको स्मरण गर्दै नेपालको समृद्धिको लागि काम गर्न गम्भीर भएर लाग्न आग्रह गरे । गैरआवासीय नेपाली संघको उपाध्यक्ष महेश श्रेष्ठले संघभित्र वार्षिक बजेटको परिचालनको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.