• Trending:

चोलेन्द्र शमशेरसँग पाँचौं पटक बयान लिँदै सिफारिस समिति, आजै सक्ने

चोलेन्द्र शमशेरसँग पाँचौं पटक बयान लिँदै सिफारिस समिति, आजै सक्ने

Economist Nepal

Mon, Bhadra 27 2079

चोलेन्द्र शमशेरसँग पाँचौं पटक बयान लिँदै सिफारिस समिति, आजै सक्ने


२७ भाद्र २०७९, सोमबार

Cholendra Shamser Janara

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो ।

आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ । प्रतिनिधिसभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ । त्यसपछि संसदमा जबराविरुद्धको महाअभियोग प्रस्ताव निणर्यार्थ पेस गरिने छ । एमालेले साथ दिए महाअभियोग पास हुन्छ, नभए हुन्न । त्यही भएर अहिले जबरा एमालेले आफूविरुद्ध मत नदिनेमा ढुक्क देखिएका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.