• Trending:

कार्यदलका सदस्यहरुसहित बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूकाे बैठक जारी

कार्यदलका सदस्यहरुसहित बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूकाे बैठक जारी

Economist Nepal

Mon, Bhadra 27 2079

कार्यदलका सदस्यहरुसहित बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूकाे बैठक जारी


Gathbandhan Top five leader of nepal

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटमा सहमतिको प्रयास गर्ने नेताहरूले बताएका छन् ।

बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी शुरु भएको हो । जारी बैठकमा शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु पनि सहभागी छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको बेला पटक-पटक नेताहरु छलफलमा जुटिरहेका हुन् ।

एक नेताका अनुसार गठबन्धनमै नबस्ने अडानमा रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समेत मिलेर जान तयार भएपछि शीर्ष नेताहरुले सिट संख्या समझदारी बनाएका हुन् ।

city

तर, त्यो सहमति दशैँ पछि मात्र सार्वजनिक गर्ने तयारी छ।यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो । कार्यदलले सहमति जुटेका र जुट्न बाँकी विषयलाई समेत समेटेर शीर्ष नेतालाई सुझाव दिएको छ । आगामी असोज २ गते समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिदै गर्दा सत्तारुढ दललाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.