• Trending:

सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर हुँदै, बोलाए विशेष साधारणसभा

सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर हुँदै, बोलाए विशेष साधारणसभा

Economist Nepal

Mon, Bhadra 27 2079

सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर हुँदै, बोलाए विशेष साधारणसभा


Cyc Nepal Adhikhola 450x300 1

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तले एकै दिन विशेष साधारणसभा बोलाएका छन् । सीवाइसी नेपाल र आँधीखोला लघुवित्त आपसमा मर्ज हुँदैछन् ।

दुवै कम्पनीले मुख्य रूपमा सोही प्रस्ताव राखेर ७ असोजमा विशेष साधारणसभा बोलाएका हुन् । जसमा सीवाइसी नेपालको सभा कम्पनीको केन्द्रीय कार्यालय पोखरा सभागृह चोकमा बिहान ११ बजे र आँधीखोलाको सभा होटल गाउँवेसीको सभाहल वालिङ, स्याङ्जामा बिहान ११ बजे नै सुरु हुनेछ ।

सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय गर्ने एजेन्डा छ । यस्तै, लेखापरीक्षक नियुक्त गर्ने, मर्जरसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने एजेन्डा पनि छ ।

city

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिँदैछ । यसअघि दुवै कम्पनीबीच २२ असारमा मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । मर्जरका लागि समझदारी भएसँगै नेप्सेमा हाल यी दुई लघुवित्तको सेयर कारोबार रोक्का छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.