• Trending:

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौं आइपुगे

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौं आइपुगे

Economist Nepal

Mon, Bhadra 27 2079

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौं आइपुगे


२७ भाद्र २०७९, सोमबार

li 1

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका तेस्रो बरियताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु तीन दिवसीय भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली सोमबार दिउँसो साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

li 2

सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्नेछन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.