• Trending:

१३ अंकले घट्यो शेयर, ८३ करोड १६ लाखको कारोबार

१३ अंकले घट्यो शेयर, ८३ करोड १६ लाखको कारोबार

Economist Nepal

Mon, Bhadra 27 2079

१३ अंकले घट्यो शेयर, ८३ करोड १६ लाखको कारोबार


share market %E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%9F

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ । बाँकी १२ वटै उपसमूह घटेका छन् । एनआरआइसी र एनटीसी दुवैको शेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्यो ।

प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको शेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको शेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ ।

city

बजार घट्दा कारोबारको आकर्षण नबिल बैंकको शेयरमा देखिएको छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । तर, शेयर मूल्य भने चार रुपैयाँ घटेको छ । रिडि र हिमालयन डिष्टिलरीको शेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.