• Trending:

गठबन्धनका शीर्ष नेता पाँच घण्टादेखि छलफलमा, आजै सिट बाँडफाँट टुङ्ग्याउने तयारी

गठबन्धनका शीर्ष नेता पाँच घण्टादेखि छलफलमा, आजै सिट बाँडफाँट टुङ्ग्याउने तयारी

Economist Nepal

Mon, Bhadra 27 2079

गठबन्धनका शीर्ष नेता पाँच घण्टादेखि छलफलमा, आजै सिट बाँडफाँट टुङ्ग्याउने तयारी


Gathbandhan Top five leader of nepal

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि शुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँटसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबण्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ । अब बाँकी ७५ सिटमा सिट बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिइएको छ । ९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ । सोही कारण दलहरूलाई सिट बाँडफाँडमा सकस परेको हो ।

city

कार्यदलका एक सदस्यले आजै सिट बाँडफाँटको टुंगो लगाउने बताए । ‘सम्भवतः आजको बैठक सिट बाँडफाँटबारे एउटा सहमतिमा पुग्छ होला । प्रदेशको पनि सिट बाँडफाँट गर्नुपर्ने भएकाले प्याकेजमै टुंगो लगाउने कि भन्ने मत केही नेतामा देखियो,’ उनले भने ।

कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ । माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् । जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.