• Trending:

प्रचण्ड र चिनियाँ नेता ली चान्सुबीच भेटवार्ता

प्रचण्ड र चिनियाँ नेता ली चान्सुबीच भेटवार्ता

Economist Nepal

Tue, Bhadra 28 2079

प्रचण्ड र चिनियाँ नेता ली चान्सुबीच भेटवार्ता


२८ भाद्र २०७९, मंगलवार

prachanda 7

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुबीच भेटवार्ता भएको छ ।

prachanda 1 1

नयाँ बानेश्वरस्थित संसद भवनमा प्रचण्ड र चान्सुबीच भेटवार्ता भएको हो । प्रचण्ड र चिनियाँ प्रतिनिधिमण्डलबीच आपसी सहयोग र द्विपक्षीय हितका बारेमा छलफल भएको हो । भेटका क्रममा महासचिव देव गुरुङ, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रचण्डलाई भेट्नुअघि लीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । सोमबार नेपाल आएका चान्सुले सोही दिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.