• Trending:

अधिकांश नेप्से परिसूचक हरियाली, ९२ करोड बढीको कारोबार

अधिकांश नेप्से परिसूचक हरियाली, ९२ करोड बढीको कारोबार

Economist Nepal

Tue, Bhadra 28 2079

अधिकांश नेप्से परिसूचक हरियाली, ९२ करोड बढीको कारोबार


२८ भाद्र २०७९, मंगलवार

share

काठमाडौं । नेप्से सूचक मंगलबार २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा आएको छ । ९२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

सबै समूहका सूचकमा हरियाली छाएको छ । ३२ सय विन्दु आसपासमा पुगेको नेप्से यसअघि घटेर १८०७ विन्दुसम्म झरेको थियो । त्यहाँबाट केही गति लिएको बजार फेरि शिथिल हुँदै सोमबार १९ सय विन्दु नजिक आइपुग्यो । तर, मंंगलबार भने यो विन्दुबाट पुनः केही माथि जाने प्रयास गरेको छ ।
2

मंगलबार २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्स्योरेन्स परेका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.