• Trending:

इन्जिनियरहरुलाई सहरी विकास मन्त्री चौधरीको निर्देशन : पैसाको पछि कहिल्यै नलाग्नुस्

इन्जिनियरहरुलाई सहरी विकास मन्त्री चौधरीको निर्देशन : पैसाको पछि कहिल्यै नलाग्नुस्

Economist Nepal

Tue, Bhadra 28 2079

इन्जिनियरहरुलाई सहरी विकास मन्त्री चौधरीको निर्देशन : पैसाको पछि कहिल्यै नलाग्नुस्


metmani 1

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् ।

लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईहरुको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईहरुमाथि ठूलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफै तपाईंको पछि लाग्नेछ ।’

इन्जिनियरले पैसा नखाइ कलम नै चलाउँदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गरे ।

city

‘जनतालाई पीर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाई जहाँ जानुहुन्छ त्यहाँ रहेका आफूमुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईंहरु सचिव बन्न सक्नुहुनेछ,’ उनले भने ।

ठूला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिएका छन् । इन्जिनियरिङ सेवा सिभिल समूह अन्तर्गत विल्डिङ र आर्किटेक तर्फ ४१ र जनरल उपसमुहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले सपथ खुवाएका थिए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.