• Trending:

एनआइसी एशिया बैंकका ग्राहकहरूले दराजमार्फत किनमेल गर्दा २५०० रुपैयाँसम्म छुट

एनआइसी एशिया बैंकका ग्राहकहरूले दराजमार्फत किनमेल गर्दा २५०० रुपैयाँसम्म छुट

Economist Nepal

Tue, Bhadra 28 2079

एनआइसी एशिया बैंकका ग्राहकहरूले दराजमार्फत किनमेल गर्दा २५०० रुपैयाँसम्म छुट


nic l0K9vWmgNK

काठमाडौं । एनआइसी एशिया बैंकले दशैंको अवसरमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने गरी दराजसँग सम्झौता गरेको छ ।

२०७९ भाद्र २९ देखि २०७९ आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू२,००० सम्मको छुट उपलब्ध हुने बैंकले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

यस्तै क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा रू२,५०० सम्मको छुट उपलब्ध हुने बैंकको भनाइ छ ।

city

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंकका अनुसार, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आइसर्भ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.