• Trending:

माछापुच्छ्रे बैंकका ग्राहकले टिभी तथा वर्ल्डलिंक इन्टरनेट प्याकेज इजी ईएमआईमा पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले टिभी तथा वर्ल्डलिंक इन्टरनेट प्याकेज इजी ईएमआईमा पाउने

Economist Nepal

Tue, Bhadra 28 2079

माछापुच्छ्रे बैंकका ग्राहकले टिभी तथा वर्ल्डलिंक इन्टरनेट प्याकेज इजी ईएमआईमा पाउने


Pic DR3U1ikm7y

काठमाडौं । यस माछापुच्छ्रे बैंकले आफ्नो क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई इएमआई सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ ।

यसका लागी बैंक र एनआईटिभी स्ट्रिम्ज् प्राइभेट लिमिटेड र वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनआईटिभी र वर्ल्डलिंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका थिए ।

city

उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज ईएमआईमा लिन सकिने ब्यवस्था गरिएको बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

आगामी दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआईटिभी र वल्र्डलिंकले संचालन गरेको फेस्टभटि अफरमा ग्राहकले करीव ५६५ सम्मको छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.