• Trending:

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने

Economist Nepal

Wed, Bhadra 29 2079

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने


२९ भाद्र २०७९, बुधबार

Xi Putin1660924459

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने बताएको छ ।

सीले यस हप्ता मध्य एसियाको यात्राको लागि दुई वर्षमा पहिलो पटक चीन छोड्ने छन्, जहाँ उनले पुटिनलाई भेट्ने छन् । माओ त्सेडोङ पछि सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफूलाई सुनिश्चित गर्नु एक महिनाअघि उनले मध्यएसियाको भ्रमण गर्न लागेका हुन् ।

‘राष्ट्रपतिहरूले द्विपक्षीय एजेन्डा र मुख्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्नेछन्’ क्रेमलिनका सहयोगी युरी उसाकोभले मस्कोमा एक छलफलमा भने । ‘स्वाभाविक रूपमा, उनीहरूले द्विपक्षीय रणनीतिक साझेदारीमा अभूतपूर्व उच्चस्तरको विश्वासको सकारात्मक मूल्याङ्कन गर्नेछन्’ उनले थपे ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.