• Trending:

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान

Economist Nepal

Wed, Bhadra 29 2079

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान


२९ भाद्र २०७९, बुधबार

sarbochha

काठमाडौं । संघीय संसद संसदीय सुनुवाइ समितिले न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले उनीहरुविरुद्ध कुनै उजुरी भए ७ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

samsadiya samitee qaElWzoTQN

सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

न्यायपरिषदले न्यायाधीशका लागि नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ (डीएन) पराजुलीको नाम सिफारिस गरेर भदौ २२ गते समितिमा पठाएको थियो ।

city

न्यायाधीशमा उच्च अदालत (तुलसीपुर) की मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालत (जनकपुर) का कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका प्रमुख डीएन (दिनानाथ) पराजुली न्यायाधीशमा सिफारिस भएका छन् । सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनु पर्नेछ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.