
काठमाडौं । दशैंका लागि आज (बुधबार) बाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो ।

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक व्यक्तिले १८ हजार ५ सयसम्म साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।

Comments
Related News





