• Trending:

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा

Economist Nepal

Wed, Bhadra 29 2079

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा


२९ भाद्र २०७९, बुधबार

amale padyatra

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा असोज १ गते काठमाडौँमा पदयात्रा (वाकाथन २०७९) आयोजना गर्ने भएको छ ।

शनिबार काठमाडौँमा हुने पदयात्रा (वाकाथन २०७९) को नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओली आफैं नयाँ बानेश्वरदेखि बसन्तपुरसम्म पैदल हिँड्ने छन् भने काठमाडौँको कालीमाटी, लैनचौर, मैतिदेवी, कुपण्डोलको स्थानबाट पनि पदयात्रा हुनेछ ।

संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो । असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.