• Trending:

चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु आज स्वदेश फर्किदै

चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु आज स्वदेश फर्किदै

Economist Nepal

Thu, Bhadra 30 2079

चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु आज स्वदेश फर्किदै


३० भाद्र २०७९, बिहीबार

li 1

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज (बिहीबार) स्वदेश फर्कने कार्यक्रम छ । ली सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए ।

नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिना, पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । यस्तै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए ।

हिजो नेता लीले भक्तपुरको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । नेपाल बसाइका क्रममा नेता लीले विभिन्न महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर समेत गरेका छन् । उनले लामो समयदेखि बन्द रहेका नेपाल-चीन सीमा नाका तत्काल खुलाउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.