• Trending:

स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै – Naya Page 2022

स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै – Naya Page 2022

Economist Nepal

Thu, Bhadra 30 2079

स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै – Naya Page 2022


sweden iiMLv1bX4F

काठमाडौं । स्वीडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । आइतबार भएको निर्वाचनमा एन्डरसनको केन्द्र-वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा झिनो मतले पराजित हुने देखिएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् ।

९९ प्रतिशत मत गणना हुँदा वाम गठबन्धनले १७३ र दक्षिणपन्थी गठबन्धनले १७३ सिट ल्याएको छ । उदारवादी दलका नेता युल्फ त्रिस्टर्सनले सरकार बनाउने अनुमान गरिएको छ ।

मत पुनः गणना गरेपछि मात्र अन्तिम परिणाम घोषणा गरिनेछ, जुन स्विडेनको राजनीतिक अभ्यास हो । यस बाबजुद एन्डरसन बुधबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पराजय स्वीकार गरेकी छिन् । उनले आज बिहीबार औपचारिक रूपमा राजीनामा दिने घोषणा गरेकी छिन् ।

city

‘संसदमा उनीहरूलाई एक-दुई सिट फाइदा हुन्छ’, उनले भनिन् ‘यो सामान्य बहुमत हो । यद्यपि, यो बहुमत हो । ’ अपराध, आप्रवासन, समायोजन विषय र विद्युतको बढ्दो मूल्यवृद्धि जस्ता विषयले चुनावमा स्थान पाएका थिए । गत वर्ष प्रधानमन्त्रीको पद सम्हालेपछि उनी नर्डिक देशबाट पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.