• Trending:

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचा खोला

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचा खोला

Economist Nepal

Thu, Bhadra 30 2079

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचा खोला


३० भाद्र २०७९, बिहीबार

Tukucha Khola at Jay Nepal Hall1663244431

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ । आज (बिहीबार) महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो ।

महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब भएको थियो । खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो । महानगरले केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
tuku

आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए । महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.