• Trending:

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

Economist Nepal

Thu, Bhadra 30 2079

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी


३० भाद्र २०७९, बिहीबार

nic 3imFe58oU5

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका दुई ग्राहकलाई प्रतिव्यक्ति १० लाखको दरले कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको नेपालगञ्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,७३३ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड ६० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३१ लाख गरी कुल ६ करोड ६१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.