• Trending:

प्रतिनिधि सभाबाट तीन विधेयक स्वीकृत, अर्को बैठक भोलि

प्रतिनिधि सभाबाट तीन विधेयक स्वीकृत, अर्को बैठक भोलि

Economist Nepal

Fri, Bhadra 31 2079

प्रतिनिधि सभाबाट तीन विधेयक स्वीकृत, अर्को बैठक भोलि


agni sapkota Parliment house samsad bhawan scaled

काठमाडौं । प्रतिनिधिसभाको बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेकी हुन् । त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ भने पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ ।

त्यसअघि शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ टेबुल गरेका थिए ।

city

यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट ऊर्जामन्त्री भुसालले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेश गरेकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते शनिबार बोलाइएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.