• Trending:

नयाँ बानेश्वरको ‘सूर्य उजेली’ भवनमा पनि चल्यो महानगरको डोजर

नयाँ बानेश्वरको ‘सूर्य उजेली’ भवनमा पनि चल्यो महानगरको डोजर

Economist Nepal

Fri, Bhadra 31 2079

नयाँ बानेश्वरको ‘सूर्य उजेली’ भवनमा पनि चल्यो महानगरको डोजर


dojar 1

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ ।
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेका टहरामा डोजर चलाएको हो । शुक्रबार (३१ भदौ) मा महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेका फुटपाथ मिचेर बनाएका संरचनामा डोजर लगाएको प्रहरीले बताएको छ ।

बैंक अफ काठमाडौं रहेको सूर्य उजेली भवनको बेसमेन्ट खुलाउनका लागि डोजर चलाएको हो । महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनका लागि सूचना गरिएको थियो । तर, अटेर गरेपछि शुक्रबार डोजर लगाइएको प्रहरीले जनाएको छ ।

डोजर चलाउँदा केहीबेर प्रहरी र स्थानीयबीच धरपडक समेत भएको थियो । यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ । सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ ।

city

डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए । महानगरपालिकाले काठमाडौंका बिभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउँदै आएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.