• Trending:

धनगढी विमानस्थलमा जहाज अवतरण हुनै लाग्दा ‘रनवे’ मा स्याल पसेपछि …

धनगढी विमानस्थलमा जहाज अवतरण हुनै लाग्दा ‘रनवे’ मा स्याल पसेपछि …

Economist Nepal

Fri, Bhadra 31 2079

धनगढी विमानस्थलमा जहाज अवतरण हुनै लाग्दा ‘रनवे’ मा स्याल पसेपछि …


३१ भाद्र २०७९, शुक्रबार

Dhangadhi Airport

धनगढी । काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको विमान धनगढीको आकाशमा ‘होल्ड’ भएको छ । अवतरण गर्न लाग्दा रनवेमा स्याल देखिएपछि दुई मिनेट आकाशमै होल्ड भएको हो ।

धनगढी विमानस्थलको रनवेमा स्याल देखेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा केही ढिलाइ भएको हो । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ’ओभरसुट’ गरेको थियो । दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको थियो ।

ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेपछि अवतरण गरेको धनगढी विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले जानकारी दिए । कुनै प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा दुई मिनेट होल्ड गरेको बताइएको छ । शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.