• Trending:

थप ११० मा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप ११० मा कोरोना संक्रमण, एक जनाको मृत्यु

Economist Nepal

Fri, Bhadra 31 2079

थप ११० मा कोरोना संक्रमण, एक जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार

korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घटामा देशभरबाट ३,८२७ नमूना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७५२ र एन्टिजेनबाट २०७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६० र एन्टिजेनबाट ५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका अनुसार थप १२६ जना कोरोनामुक्त भएका छन् । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या २०६२ पुगेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.