• Trending:

७३ वर्षीय वृद्धबाट दुई बालिका बलात्कृत, एक जना गर्भवती

७३ वर्षीय वृद्धबाट दुई बालिका बलात्कृत, एक जना गर्भवती

Economist Nepal

Fri, Bhadra 31 2079

७३ वर्षीय वृद्धबाट दुई बालिका बलात्कृत, एक जना गर्भवती


३१ भाद्र २०७९, शुक्रबार

Rape for nayapage

झापा । झापामा एक ७३ बर्षीय वृद्ध व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ ।

ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिलमनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक-पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.