• Trending:

अछाम पहिरो अपडेट : मृतकको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

अछाम पहिरो अपडेट : मृतकको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

Economist Nepal

Sat, Asoj 1 2079

अछाम पहिरो अपडेट : मृतकको संख्या १२ पुग्यो, ११ जना बेपत्ता


१ आश्विन २०७९, शनिबार

Achham pahiro 1230 1024x624 1

अछाम । अछाममा लगातारको वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । अछामको कमलबजार नगरपालिका-६, वडा नम्बर ८, ढकारी गाउँपालिका-६ र तुर्माखाँद गाउँपालिका ६ मा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार अझै ११ जना बेपत्ता छन् । कमलबजार नगरपालिका-६ मा पहिरोमा परेका १४ जनामध्ये ४ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए । यस्तै त्यहाँ ३ जना बेपत्ता छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा पहिरोमा परेका ६ जनामध्ये ५ जनाको शव भेटिएको छ । त्यहाँ एक जनाको उद्धार गरिएको छ । ढकारी गाउँपालिका-६ मा पहिरोमा परेका ५ जनामध्ये एक जनाको शव भेटिएको छ भने एक जना बेपत्ता छन् । ३ जनाको सकुसल उद्धार गरिएको छ । तुर्माखाँद गाउँपालिका-५ मा पहिरोमा परेका ९ जनामध्ये २ जनाको शव भेटिएको छ भने अन्य बेपत्ता ७ जनाको खोजी भइरहेको छ ।

city
achham pahiro 2 MLN5GyzKw9
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.