• Trending:

ओली नेतृत्व सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भयो : प्रचण्ड

ओली नेतृत्व सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भयो : प्रचण्ड

Economist Nepal

Sat, Asoj 1 2079

ओली नेतृत्व सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भयो : प्रचण्ड


prachanda 1 scaled 1

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका छन् ।

शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका हुन् ।

संसदको पुर्नस्थापना जनताको भावना र पहल, बहुमत सांसदको निणर्य, नागरिक समाजको पहल र संवैधानिक इजलाशको बहुमतको कारणले सम्भव भएको उनको भनाइ छ । उनले संसद विघटन गर्ने ओलीलाई संसद पुनः स्थापनाको निणर्यलाई परमादेश भनेर टिप्पणी गर्ने अधिकार नभएको बताए। अध्यक्ष दाहालले देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन र लोकतन्त्र, राष्ट्रको रक्षा गर्ने उद्देश्यले गठबन्धन गरिएको स्पष्ट पारे ।

city

उनले आगामी निर्वाचनमा एमालेको अवस्थाबारे गत स्थानीय तह निर्वाचन, राष्ट्रिय सभा, नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएसनको निर्वाचनले सन्देश दिइसकेको बताए । अध्यक्ष दाहालले संसदको कार्यकालको विषयमा संविधानले निर्देशित गरेको मर्म अनुसार संसदले निर्णय गर्ने कुरा भएको उल्लेख गरे ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.