• Trending:

उदयपुरमा ३४ जनामा डेंंगी संक्रमण

उदयपुरमा ३४ जनामा डेंंगी संक्रमण

Economist Nepal

Sat, Asoj 1 2079

उदयपुरमा ३४ जनामा डेंंगी संक्रमण


१ आश्विन २०७९, शनिबार

dengu 2

उदयपुर । उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंंगी संक्रमण देखिएको छ । बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंंगी फेला परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ । किनकी यहाँ सबैभन्दा धेरैमा डेंंगी देखिएको छ । यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको छ ।

झण्डै तीन दर्जनमा डेंंगी फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जानकारी दिए । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये तीन नगरपालिकामा डेंगी भेटिएको छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.