• Trending:

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Economist Nepal

Mon, Asoj 3 2079

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


३ आश्विन २०७९, सोमबार

gold

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.