
काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवाश्री प्रदान गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सुप्रबल जनसेवा श्री तृतीय पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन् ।
विदेशमा बस्ने नेपालीको सेवा र सामाजिक कार्यबाट देशलाई योगदान पुर्याएबापत कदर र सम्मानस्वरुप आचार्य सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित भएका हुन् ।
देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई संविधान दिवसमा विभिन्न पदकबाट सम्मानित गरिन्छ । सुप्रबल जनसेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।
Comments
Related News

