• Trending:

सेती प्रादेशिक अस्पतालले भन्यो- डा. केसीलाई बहुविशेषज्ञ अस्पताल लैजाऊ, जीवन रक्षा गर्न माग

सेती प्रादेशिक अस्पतालले भन्यो- डा. केसीलाई बहुविशेषज्ञ अस्पताल लैजाऊ, जीवन रक्षा गर्न माग

Economist Nepal

Mon, Asoj 3 2079

सेती प्रादेशिक अस्पतालले भन्यो- डा. केसीलाई बहुविशेषज्ञ अस्पताल लैजाऊ, जीवन रक्षा गर्न माग


३ आश्विन २०७९, सोमबार

Govinda kc 1

कैलाली । सेती प्रादेशिक अस्पताल धनगडीले एक सातादेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने भन्दै थप उपचारका लागि बहुविशेषज्ञ भएको अस्पताल लैजान आग्रह गरेको छ ।

गत सोमबार ( २७ भदौ)देखि अनशन बसेका डा. केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुनाले थप जटिलता हुन सक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि प्रादेशिक अस्पतालले सुदूरपश्चिम मानवअधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्वास्थ्य क्षेत्रको सुधारका लागि यसअघि अनसन बस्दा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनको माग राखेर गत २७ भदौदेखि सेती प्रादेशिक अस्पतालमा २० औं पटक अनसन बसेका हुन् ।

city

अस्पतालले उनको स्वास्थ्यमा जटिलता आउन सक्ने भन्दै सम्बद्ध निकायलाई जानकारी गराएका बेला नेपाल नेपाल चिकित्सक संघले पनि डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । आइतबार विज्ञप्ति निकालेर संघले डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो ।

jagdamba.cement
seti

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.