
काठमाडौं । आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।
समानुपातिकतर्फ ११० जनाको सूची बोकेर माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव गिरीराजमणि पोखरेल आयोग पुगेका हुन् । उनले बन्दसूचीमा रहेका कतिपय नामहरु करेक्सन हुनसक्ने बताएका छन् । अहिलेसम्म ३५ बढीले दलले समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।
Comments
Related News



