• Trending:

देशका धेरै स्थानमा पानी पर्ने, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशका धेरै स्थानमा पानी पर्ने, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Economist Nepal

Tue, Asoj 4 2079

देशका धेरै स्थानमा पानी पर्ने, तीन प्रदेशमा भारी वर्षाको सम्भावना


४ आश्विन २०७९, मंगलवार

rain

काठमाडौं । अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (मंगलबार) दिउँसो प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.