• Trending:

दुई जना मृत्त फेला – Naya Page 2022

दुई जना मृत्त फेला – Naya Page 2022

Economist Nepal

Wed, Asoj 5 2079

दुई जना मृत्त फेला – Naya Page 2022


death

धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका-१२ र धनगढी उपमहानगरपालिका-१ मा शव भेटिएको हो ।

प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन् । घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।बडेलाको टाउको र खुट्टामा चोट लागेका छ ।

यसैगरी, धनगढी-१ स्थित कैलाली कारागारनजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उनी कञ्चनपुरको कृष्णनगरपालिका- ८ का ७४ वर्षीय धनसिंह जेठारा भएको प्रहरीको भनाइ छ ।

city

छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.