• Trending:

कागेश्वरी मनहरामा युवक मृत फेला

कागेश्वरी मनहरामा युवक मृत फेला

Economist Nepal

Thu, Asoj 6 2079

कागेश्वरी मनहरामा युवक मृत फेला


६ आश्विन २०७९, बिहीबार

death

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका-५ मा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बिहीबार बिहान थलिस्थित बाटिकामा करिब २४ वर्षका एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी प्रभाग थलीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान पानी लिन जाँदा स्थानीयले युवकलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा आएको हो ।

प्रहरीले घटनास्थलमा मुचुल्का उठाउन लागिरहेको र युवकको पहिचान हुन बाँकी रहेको जनाएको छ । घटनास्थलमा उनको मोबाइल र चस्मा समेत फेला परेको छ । घटनाको अनुसन्धानपछि थप विषय खुल्ने प्रहरीको भनाई छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.