• Trending:

भारतबाट घर फर्केकै दिन श्रीमतीको हत्या, छोरा-छोरी घाइते

भारतबाट घर फर्केकै दिन श्रीमतीको हत्या, छोरा-छोरी घाइते

Economist Nepal

Thu, Asoj 6 2079

भारतबाट घर फर्केकै दिन श्रीमतीको हत्या, छोरा-छोरी घाइते


६ आश्विन २०७९, बिहीबार

death woman

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-५ की ३२ वर्षीया ललिता नामजाली मगरको बुधबार राति हत्या भएको छ । उनको हत्या भारतको रोजगारीबाट फर्केकै दिन श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीका अनुसार हत्या गरिएको अवस्थामा ललिताको शव बिहीबार बिहान भेटिएको हो । उनकी १७ वर्षीया छोरी लक्ष्मी नामजाली मगरमाथि पनि धारिलो हतियार प्रहार गरिएको र हाल गम्भीर घाइते अवस्थामा उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

छोरा विजय नामजाली भने सामान्य घाइते छन् । घटनापछि फरार शेरबहादुरलाई पक्राउ गरिसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.