• Trending:

अख्तियारमा एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दर्ता, दुई अर्ब ७९ करोड बढी बिगो दाबी

अख्तियारमा एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दर्ता, दुई अर्ब ७९ करोड बढी बिगो दाबी

Economist Nepal

Thu, Asoj 6 2079

अख्तियारमा एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दर्ता, दुई अर्ब ७९ करोड बढी बिगो दाबी


Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धित मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

दायर गरिएका मुद्दामध्ये सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३५ वटा, गैरकानुनी लाभ हानिसँग सम्बन्धित ३४ वटा, घुससँग सम्बन्धित ३२ वटा, गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित ७ वटा, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ६ वटा, राजस्व चुहावट सम्बन्धित ५ वटा र विविध विषयसँग सम्बन्धित १२ वटा रहेका छन् ।

अख्तियारका अनुसार १३१ वटा भ्रष्टाचार मुद्दा दायर गर्दा ६३९ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीसँग कुल २ अर्ब ७९ करोड २७ लाख ४८ हजार १०० रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

city

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अख्तियारले ११३ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दामा ४४३ जनालाई प्रतिबादी बनाइएको थियो । उनीहरुसँग १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार ४३४ रुपैयाँ बिगो दाबी गरिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा आयोगले घुस सम्बन्धी ३२ वटा मुद्दा दायर गरेको छ जुन संख्या अघिल्लो आर्थिक वर्षकोभन्दा केही कम हो । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या ७० रहेको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.