
काठमाडौं । काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल) हटाउन थालेको छ । बिहीबार महानगरले ती क्षेत्रका अनधिकृत संरचना हटाउन डोज’ चलाएको हो ।
बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न सुरु गरेको महानगरपपालिकाका प्रहरी प्रमुख, राजुनाथ पण्डेले बताए ।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो ।
Comments
Related News

