• Trending:

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या, तीन जना पक्राउ

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या, तीन जना पक्राउ

Economist Nepal

Thu, Asoj 6 2079

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या, तीन जना पक्राउ


death

इलाम । इलामको चुलाचुली गाउँपालिका-५ पुकुवामा ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका-४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई लगायत छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । झ्याम्ले समेतका ५/७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए ।

गुरुङ घाइते भएको खबर प्राप्त हुनासाथ पेल्टिमारीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले उपचारको लागि लाइफलाइन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

city

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.