• Trending:

रुकुम पूर्वमा बस दुर्घटना : चार जनाको मृत्यु, १० जना घाइते

रुकुम पूर्वमा बस दुर्घटना : चार जनाको मृत्यु, १० जना घाइते

Economist Nepal

Thu, Asoj 6 2079

रुकुम पूर्वमा बस दुर्घटना : चार जनाको मृत्यु, १० जना घाइते


६ आश्विन २०७९, बिहीबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङसी बगरमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

भूमे-२ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिएका छन् । मृतकको सनाखत हुन र घाइतेहरुको परिचय खुल्न बाँकी छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.