• Trending:

इलाम र झापामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

इलाम र झापामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Economist Nepal

Fri, Asoj 7 2079

इलाम र झापामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


Badhi jhapa chaju khola scaled

काठमाडौँ । झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई (गैडे, दमक) लगायतका ठाउँमा भारी वर्षा भएको छ । झापा र इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा-रतुवालगायत साना नदीमा जलसतह बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका प्रमुख र मझौला नदीहरुमा भने अबको तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेश, कणर्ाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

city
sn

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.