• Trending:

जुरिखेतमा दुर्घटना अपडेट : मृतक सात जनामध्ये ६ को सनाखत

जुरिखेतमा दुर्घटना अपडेट : मृतक सात जनामध्ये ६ को सनाखत

Economist Nepal

Fri, Asoj 7 2079

जुरिखेतमा दुर्घटना अपडेट : मृतक सात जनामध्ये ६ को सनाखत


७ आश्विन २०७९, शुक्रबार

Jurikhet

मकवानपुर । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका-२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी-३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका-३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया-४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेका छन् । बाँकी मृतक एकजनाको सनाखत हुन बाँकी छ ।

गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा अन्य २१ घाइतेको हेटौँडा अस्पतालमा हुँदैछ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.